मन्दिर सञ्चालनको लागि अक्षय कोष स्थापना गर्न दश लाख सहयोग

साझेदारी दैनिक
1.6k पाठक संख्या

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको सिद्देश्वर संस्कृत माध्यमिक विद्यालयको प्राङ्गाणमा रहेको राधा कृष्ण मन्दिरको सञ्चालनको लागि अक्षय कोष स्थापना गर्न सहयोग प्राप्त भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामअश्रेय साह कानुको अध्यक्षता तथा संस्थापक परिवारका रामप्रसाद रिसालको प्रमुख आतिथ्यतामा आईतवार सम्पन्न कार्यक्रममा अक्षय कोष संचालनका लागि दश लाख सहयोग हस्तांतरण गरिएको छ ।

२०२६ सालमा संस्थापक रिसाल परिवारद्वारा निर्मित राधा कृष्ण मन्दिरको हालसम्म संस्थापक परिवारबाटै मन्दिरको सेवा, पुजा, मर्मत सम्भार हुँदै आएकोमा छ ।

यसैवीच उक्त राधा कृष्ण मन्दिर अक्षय कोषको स्थापना गर्न मन्दिरका संस्थापक इन्दु देवी रिसाल नगद रु दश लाख रुपैया सहयोग गरेकी छिन । उनले आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष कानुलाई उक्त रकम हस्तान्ंतरण गरेको विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीले जानकारी गराए छन।

मन्दिर अक्षय कोष मार्फत प्राप्त हुने ब्याजको २५ प्रतिशत साँवामा थप्ने तथा ७५ प्रतिशत मन्दिरको सेवा पूजामा विद्यालयले खर्च गर्न पाउने संस्थापक रिसाले बताएका छन । मन्दिर संस्थापक रिसाल परिवारका सदस्यहरुलाई रुद्राक्ष माला तथा दोसल्ला ओढाएर सम्मानित गरिएको प्रअ सुवेदीले जनाए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य विनयराज गौतम, शिक्षक प्रतिनिधि तथा सहायक प्रअ राजकुमार प्रसाद, शिक्षक शान्तिराम मिश्र, महेश्वर भण्डारी, वैदिक शुशिल उपाध्याय, पूजारी श्रीधर ढकाल लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds