काँग्रेस नेता डा. पराजुलीद्वारा होलीको शुभकामना व्यक्त,सबैमा समान व्यवहार गर्न आग्रह

साझेदारी दैनिक
553 पाठक संख्या
नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य डा.  शोभाकर पराजुलीले होली पर्वको अवसरमा एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण नेपाली हरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
‘होली पर्व २०७९ को मंगलमय शुभकामना होली, फागु, फागु पूर्णे आदि नामले चिनिने उल्लास र उमंगको यो महान पर्वको पावन अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ डा. पराजुलीले भन्नुभएको छ ।
होली पर्वले मानवविच समान व्यवहारको सन्देश प्रवाह गर्ने प्रेरणा प्रदान गरोस् भन्दै नेता डा. पराजुलीले सबैमा सकारात्मक भावनाको विकासको कामना गर्नुभएको छ ।‘यो पर्वले आपसी सदभाव, मेलमिलाप, भाइचारा, प्रेमभाव बढाओस् । मान्छेले मान्छेलाई कुनै जाति, वर्ण, लिङ्ग वा क्षेत्रका आधारमा श्रेष्ठ नमानी सबैलाई समान मान्ने प्रेरणा मिलोस् ।
हाम्रो मानवतावादी सोचमा अझ ठोस् योगदान पुर्‍याउन सकोस् । हामी सबैलाई अझ सकारात्मक सदवुद्धी प्राप्त होस् । सबैमा शान्ति,सुस्वास्थ्य,समृद्धि र समुन्नतिका निमित्त हार्दिक मंगलमय शुभकामना’ डा. पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपाली काँग्रेसका पूर्व मूख्य सचिब एवं संसदीय दलका सचेतक रहनुभएका डा. पराजुली हाल बाराको जीतपुरसिमरा ४ स्थित नीजि निवास ‘समता सदन’ मा बस्दै आउनुभएको छ ।
साहित्य र लेखनमा व्यस्त रहने नेता पराजुली नेपाली राजनीतिमा बौद्धिक नेताका रुपमा परिचीत हुनुहुन्छ । डा. पराजुलीका आधा दर्जन बढि पुस्तक समेत प्रकाशित छन् ।
Leave a review

This will close in 0 seconds