सिमरा, २४ भदौ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रघुनाथपुर रामनगरमा शिक्षक अभिभावक संघ गठन भएको छ
शुक्रवार भएको अभिभावक भेलाले मिमलाल घिसिङको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको हो । समितिको सदस्यहरुमा शंकर पौडेल, सान्जा बोम्जन, जीवन कार्की, विद्यावतिदेखवी माझी, मन्जु चौधरी चनय भएका छन । समितिमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेन सदस्य रहन् व्यवस्था छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकाजी मोम्तानको अध्ययक्षताम सम्पन्न भेलामा वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतानको विशेष उपस्थितीमा उक्त भेलामा विद्यालयको समर्ग शैक्षिक अवस्था र आगामी दिनमा विद्यालयको शैक्षिका सुधारमा चाल्नुपर्ने कदमका वारेमा अभिभावकहरुले सुझाव दिएका छन ।
भेलालाई सम्बोधन गर्दै वडाअध्यक्ष गंतानले शैक्षिक विकासमा स्थानीय तहहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै अभिभावक, स्थानीय अगुवा तथा समाजसेवीहरु लालप्रसाद घिमिरे, लिलाबहादुर तामांग, दिनेश अधिकारी, शंकर घिमिरे, दिनेश सुवेदी, दुखीमाय थिङ, सन्तोष पाण्डे लगायतकाले विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा सल्लाह, सुझाव दिएका थिए । उक्त भेलाको संचालन विद्यालयका सहायक प्रअ अर्जुन प्रसाद पराजुलीले गरेका थिए ।
नेरामावि रघुनाथपुर रामनगरमा शिक्षक अभिभावक संघ गठन
Leave a review
Leave a review

