बलभद्र पूजाको शोभायात्रामा जेसीजको सर्बत सेवा

साझेदारी डेलि
14 पाठक संख्या

कलैया । कलैया सिटी जेसीजले जेसीज सप्ताहको सुरुवात सामाजिक सेवामार्फत गरेको छ। सप्ताहको पहिलो दिन कलैयामा आयोजित बलभद्र पूजाको शोभायात्रामा सहभागी भक्तजनलाई जेसीजले सर्बत वितरण गरेको हो।

कलवार कल्याण समाज बाराको आयोजनामा शनिबार निकालिएको शोभायात्राका सहभागीलाई कलैया उपमहानगरपालिका–१ स्थित सोनरपट्टि रोड र कलैया–४ स्थित जानकी हलनजिकै सर्बत वितरण गरिएको थियो।

कार्यक्रमको संयोजन कलैया सिटी जेसीजका सन् २०२६ का उपाध्यक्ष डा. मुकेश यादवले गरेका थिए। जेसीज सप्ताहको पहिलो दिन आयोजित कार्यक्रममा सन् २०२६ का अध्यक्ष सन्दीप कुमार साह, महासचिव सञ्जय कुशवाहा महतो, सन् २०२५ का पूर्वअध्यक्ष ओमप्रकाश सर्राफ, आदिल अन्सारी, सतेन्द्र गुप्ता, भोला साहलगायत बोर्डका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन आइतबार दुईवटा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष साहले जानकारी दिए। उनका अनुसार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण र कलैया–४ स्थित रामजानकी मठमा वृक्षरोपण गरिनेछ।

सामाजिक सेवा तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको जेसीजले जनाएको छ।

Leave a review