रञ्जन यादब/
निर्वाचनलाई लक्षित गरि बाराको डुमरवानामा अपाङ्गता भएका ब्यक्तिहरुको लागि मतदाता शिक्षा एवम नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।
मतदान केन्द्र कसरी पहुँचयुक्त बनाउने भन्ने सन्देश दिने उद्देश्यले सञ्चालन भएको यस कार्यक्रम यूएस एड र आइएफइयसको आर्थिक सहयोग तथा नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालयको प्रायोजनमा नेत्रहीन युवा संघ नेपाल जिल्ला शाखा बाराको आयोजनमा सम्पन्न भएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदान गर्न योग्य १८ देखि २२ वर्ष उमेर समुहका व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरुलाई मुख्य प्राथमिकतामा राखी कार्यक्रमको आयोजना गरिएको थियो । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामा संचालित कार्यक्रममा करिव ६० भन्दा बढिको उपस्थिति रहेको थियो ।
निर्वाचन प्रकृयाकै ढाचामा कार्यक्रम आयोजना गरिएको र उक्त नमुना मतदान प्रक्रियामा विद्यालयका प्रधानाध्यापक अक्षय कुमार चौधरीलाई मतदान अधिकृत र सोही विद्यालयका अर्का शिक्षक रोहित चौधरीलाई सहायक मतदान अधिकृत बन्नुभएको थियो ।
कार्यक्रममा ५० प्रतिशत भन्द माथिको हाराहारीमा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । नमुना मतदानमा अन्य सहभागी साथै विद्यालयका शिक्षक कर्मचारी केही स्थानीय लगायत सन्चारकर्मीहरुले पनि नमुना मतदान कार्यक्रममा सहभागिता जनाएका थिए ।
झण्डै ६० भन्दा बढी मत खसेकोमा १७ मत बदर भएको बताइएको थियो । यस्ता कार्यक्रमहरु स्थानीय तह निर्वाचन २०७९ देखि आसन्न निर्वाचन सम्म चल्ने यसै परियोजना अन्तर्गत बारामा रहि कार्य गर्दै आएका कार्यक्रम संचालक विष्णु दाहालले जानकारी दिनु भयो ।


