बारामा मास्क प्रयोग नगर्ने एक सय २८ कारवाहीमा

साझेदारी दैनिक
513 पाठक संख्या

बारामा मास् प्रयोगन गरेको भन्दै स्थानीय प्रशासनले शनिवार एक सय २८ जनालाई कारवाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराबाट जारी गरेको निर्देशन पालना नगरेको भन्दै जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले नियन्त्रणमा लिई जरीवाना सहित कारवाही गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न र बचाउन, प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्न प्रशासन कार्यालयले विभिन्न स्थानहरुमा जादा मास्क लगाउन निर्देशन गरेको थियो ।

प्रशासनले व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरूलाई मास्क लागाउन निर्देशन गरेको थियो । प्रहरीले शनिवार जिल्लाका एक सय २८ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रति व्यक्ति रू.एक जरिवाना पश्चात छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds