राष्ट्रिय सभा निर्वाचनमा बाराबाट काँग्रेसले पुर्व संसाद यादवको एकल नाम सिफारिस

संदिप प्रसाद यादव
458 पाठक संख्या

नेपाली कांग्रेस बाराले राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सभासद राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेस बाराका जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा बसेको बैठकले एकल नाम सिफारिस गरेको हो ।

उक्त बैठकमा सभापति राजेश राय यादवले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियोे ।

माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा बाराबाट पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस गरी पठाउने कार्यालय सचिव अम्बिका यादव बताए ।

उक्त बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी,सदस्यहरु र प्रतिनिधिसभा क्षेत्रिय सभापतिहरुको उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds