लागुऔषध खैरो हिरोईनसहित पर्सा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले खैरो हिरोईनसहित पर्सा बहुदरमाई नगरपालिका–१ का १९ बर्षिय हरिओम महतो, मकवानपुर हेटौडा उपमहानगरपालिका–१० का २६ बर्षिय परमेशवर साह र वडा नम्बर १५ का युगेन लामालाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट अगाडीको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइछिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको सूचनाको अधारमा लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले तीनै जनालाई खैरो हिरोईन सहित पक्राउ गरेको हो ।
तीनै जना मध्ये हरिओमको साथबाट २० ग्राम खैरो हिरोईन बरामद गरिएको तथा उनको बयानको आधार हिरोईन खरिद गर्ने बाँकी दुई जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले बताएका छन । पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको प्रवक्ता गिरीले बताए ।


