श्रीपञ्चमीको अवसरमा शिवालयमा भक्तजनको भीड

साझेदारी दैनिक
745 पाठक संख्या

सुभाष कुमार मिश्र

श्रीपञ्चमीको अवसरमा बारा, पर्सा र रौतहटमा रहेका शिव मन्दिरहरूमा विहीवार दर्शनार्थीको भीड लागेको छ । श्रीपञ्चमी पर्वका अवसरमा बिहिबार बिहानैदेखि जिल्लामा रहेको शिवालयमा दर्शनार्थीहरुको भिड्भाड रहेको हो ।

रौतहटको शिवनगर र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो। विशेषगरी वैदिक सनातन हिन्दु धर्मावलम्बी विहीवारको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन्।

बिहानैदेखि रौतहटको गरुडा नगरपालिका–५ शिवनगर स्थित शिव मन्दिर, मौलापुर पतौराको पुरातात्त्विक महादेव मन्दिर र नुन्थरको शिवालय लगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी गाईको दूध चढाउन लामबद्ध भएका थिए।

शिवालयहरुमा पूजा गर्न जाने भक्तालुहरूमा अधिकांश महिला देखिन्थे। श्रीमानको लामो आयु र आत्मसन्तुष्टिका लागि पूजा आराधना गर्ने आएको शिव मन्दिर शिवनगरका महन्त कृष्णदेव गिरिले बताए ।
लम्हा नदि किनारस्थित शिवनगरको शिव मन्दिर पछिल्लो समय भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। मन्दिरमा साउने सोमवार धूमधामसँग बोल बम पर्व मनाउने गरिन्छ।

त्यसैगरी श्री पञ्चमी, महाशिवरात्रिका दिन तथा हरेक आइतबार र अन्य चाडपर्वमा समेत मन्दिर दर्शन गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। श्रीपञ्चमी तथा विशेष गरि शिवरात्रि पर्वको दिन शिवनगरको शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्नका लागि रौतहटसहित छिमेकी देश भारतको बिहारदेखि मानिसहरू दर्शन गर्नका लागि आउने गर्छन् ।

पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजन कीर्तन गरी नाचगान समेत गरेका छन्। श्रीपञ्चमी सङै होलि गाउने चलन पनि रहेको छ। यसैदिन देखि कावरिया बमहरुले होलिलो गीत गाउने गरेको प्रचलन छ ।

दर्शनार्थीले भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र महादेव शिवलाई अर्पण गरि मनमा रहेका ईक्षा आकांक्षा पूरा हुने धार्मिक बिश्वास छ । विशेषगरि रौतहटको गरुडा नगरपालिका–५ शिवनगर स्थित रहेको यो शिवालय भक्तजनहरुको एकदमै प्रिय् शिवालय मध्ये एक हो। यहाँ आउने दर्शनार्थी लाखौंमा हुन्छन् । विशेषगरी भगवान शिव लाई पुजा आराधना गर्ने मध्ये कावारिया बमहरु मुख्य हुन्छन् ।
यसपालि श्रीपञ्चमी मेला लाई लक्षित गरि गरुडा नगरपालिका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले मेलामा आउने कावारिया बमहरुलाई धुनी बाल्न तथा चिसो छल्न दाउराको व्यवस्थापन गरेका हुन् ।
मेलालाई झिलीमिल्ली बत्तिले सिङ्गारिएको र ठाँउ ठाँउमा स्वास्थ्य शिबिर तथा मेलामा आउने दर्शनार्थीको लागि शुद्ध खानेपानी र प्याक पर्ने ठाउमा सौचालयको समेत प्रबन्ध मिलाएको नगरप्रमुख जयसवालले बताए ।  मेलालाई शान्ति सुरक्षा दिनको लागि दुधियाभार, देवाही गोनाही र समनपुर बेसकैम्पका सशस्त्र प्रहरी र ईप्रका शिवनगर र ईप्रका गरुडाका समेत प्रहरीहरुले शान्ति सुरक्षाको प्रदान गरेको थियो।

Leave a review

This will close in 0 seconds