दुई करोड ७५ लाख रकम हिनामिना गरेको आरोपमा हुलाक कार्यालयका प्रमुख पक्राउ

श्यामबाबु यादव
1.8k पाठक संख्या

दुई करोड ७५ लाख रकम हिनामिना गरेकाे आराेपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् ।

बचतकर्ताको दुई करोड ७५ लाख चार सय ७२ रुपैया रकम हिनामिना गरेको आरोपमा प्रहरीले हुलाक कार्यालय बाराका प्रमुख कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

सर्वसधारण बचतकर्ताहरुले २०७५ साल देखी उक्त बैंकमा जम्मा गरेको पैसा दुई करोड ७५ लाख चार सय ७२ रुपैया हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो ।

पर्सा बहादुरमाई गाँउपालिका वार्ड नम्बर २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् ।

Leave a review

This will close in 0 seconds