जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टरस्कुल क्रिकेट प्रतियोगिता आज देखि सुरु

साझेदारी दैनिक
2.4k पाठक संख्या

सन्दिप यादव/

जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टरस्कुल क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । बुधबार कलैया स्थित सिद्धेश्वर खेल परिषरमा एक कार्यक्रम बीच जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टरस्कुल क्रिकेट प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले गरेका थिए ।

नेशनल इन्फोटेक कलेज मुख्य प्रायोजक रहेको छ ।
कलैया सिटि जेसीजको आयोजनामा र बारा क्रिकेट संघ, कलैया क्रिकेट क्लबको सहकार्यमा जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टरस्कुल क्रिकेट प्रतियोगिता सुरु भएको हो । कलैयाको सिद्धेश्वर स्थित खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा कलैयाका १२ वटा निजि बिधालयले भाग लिएका आयोजकले जनाएको छ ।

कलैया सिटि जेसीजले हरेक बर्ष जिल्लाका माध्यमिक विधालयका बिद्यार्थीहरुलाई सहभागी गराएर क्रीकेट प्रतियोगिता सन्चालन गराउदै आएका कलैया सिटि जेसीजका पुर्व अध्यक्ष धनिलाल सरार्फले जानकारी गराएका छन् ।

प्रतियोगितको विजेता र उपविजेता टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने कलैया सिटि जेसीजका अध्यक्ष जैसवालले बताएका छन् ।

जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टरस्कुल क्रिकेट प्रतियोगिता बुधबार भएको पहिलो खेलमा कलैया ब्राईट ल्याण्ड र ईन्टरनेशनल सेकेन्डरी स्कुलका बिच भएको थियोे ।

ईन्टरनेशनल सेकेन्डरी स्कुललाई पराजित गर्दै कलैया ब्राईट ल्याण्ड विजयी भएको छ। कलैया ब्राईट ल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा १० बिकेट गुमाई १६४ रन बनाएका थियो । ईन्टरनेशनल सेकेन्डरी स्कुलले १३८ रन बनाएका थियो । कलैया ब्राईट ल्याण्ड २६ रनले विजयी भएको थियो । सो खेलका उत्कृष्ट खेलाडी मैन अप दि म्याच अकाश यादव भएका थिए ।

ग्यालेक्सी र गढिमाई बोर्डिङ स्कुलका बिच दिउँसो १ बजे देखि खेल भएको थियोे ।

गढिमाई बोर्डिङ स्कुललाई पराजित गर्दै ग्यालेक्सी स्कुल विजयी भएको छ। ग्यालेक्सी स्कुलले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ५ बिकेट गुमाई १७५ रन बनाएका थियो । सो खेलका मैन अफ दि म्याच ग्यालेक्सी स्कुलका इशान्त केशरी भएका थिए ।

कलैया सिटि जेसीजका अध्यक्ष सुभाष जैसवालको सभापतित्व र नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहको प्रमुख अतिथिमा जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टर स्कुल क्रीकेट प्रतियोगिता उद्घाटन भएको थियो ।

कार्यक्रममा विशिस्ट अतिथि नेशनल इन्फोटेक कलेजका संचालक मनिष सिंह,कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह,बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया ,कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुद्दिन मन्सूर, बिरगंज जेसीजका अध्यक्ष अरबिन्द्र श्रेष्ठ, सुन चादी व्यवसायी संघका महासचिव धनिलाल सरार्फ,कलैया उपमहानगरपालिका वडा नम्बर २ का वार्ड अध्यक्ष राजेश मण्डल,कलैया सिटि जेसीज २०२३ का कानुनी सल्लाहकार पवन कुशवाह तथा अतिथिमा बाल एकता बोर्डिङ स्कुलका शिक्षक रेयाज अन्सारी,कलैया क्रीकेट क्लबका सचिव जट्टाशन्कर सरार्फ,मनकामना कलेजका सन्चालक रामबाबु कुशवाह,जेसीजका सिनेटर निशान्त लामिछने,जेसीजका पुर्व अध्यक्ष शम्भु गुप्ता,राजेश कुशवाह,रामबाबु कुशवाह,सन्दिप बरै,सहभागी बिधालयका प्रतिनिधिहरु,खेल प्रेमी तथा बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन पंकज पाण्डेले गरेका थिए भने कलैया सिटि जेसिजका महासचिव आदिल अन्सारीले स्वागत गरेका थिए ।

जेसीज टि २० नेशनल ईन्फोटेक ईन्टरस्कुल क्रीकेट प्रतियोगिता भोलि बिहान ८ बजे देखि अर्को खेल सुरु हुने आयोजकले जनाएका छन् ।

Leave a review

This will close in 0 seconds