प्रधानमन्त्री कप छनोटमा बारा र महोत्तरी बिजयी

साझेदारी दैनिक
साझेदारी दैनिक 145 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

वीरगंजको नारायणी रंगशालामा भएकोमधेस प्रदेश स्तरिय प्रधानमन्त्री कप एकदिवसीय क्रीकेट छनोट प्रतियोगिता अन्तर्गत आइतबार बारा र महोत्तरी बिजयी भएकोछ ।

प्रतियोगिता अन्तरगत आईतबर सप्तरीलाई १० रनले हराउदै बारा विजयी भएको हो । खेलमा टस जितेर बाराले पहिला ब्याटिङ रोजेको थियो ।

निर्धारित ३६ ओभरमा ९ विकेट गुमाउँदै बाराले २ सय ३५ रन बनायो । बाराको लागी कप्तान अनिल साह र अरनिको यादवले अर्धशतक बनाए ।

कप्तान अनिलले ६४ बलमा ८१ रन बनाए भने अरनिकोले ६५ रन बनाए । तेस्तै साहिल पटेलले ३८ रन बनाए । सप्तरीका नितेश कुमार यादवले ३६ रन खर्चिएर ३ विकेट लिए ।

२ सय ३६ रनको बिजयी लक्ष्य पछाएर जवाफी ब्याटिङमा उत्रीएको सप्तरीले राहुल मण्डलको उत्कृष्ट ब्याटिङ प्रदर्शनको बाबजुद ३६ ओभरमा ६ विकेट गुमाउँदै २ सय २५ रन मात्र बनाउन सक्यो ।

राहुल मण्डलले शानदार शतक प्रहार गरेपनी स्पतरिलाई जित दिलाउन सकेनन । राहुलले १ सय ३ बल खेल्दै ११ चौका र ४ वटा छक्काको सहयोगमा १ सय १४ रन बनाए ।

बाराका लागी भुलवन सहनीले ४६ रन खर्चिएर ३ विकेट लिए भने कप्तान अनिल साह र अरनिको यादवले समान १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच बाराका कप्तान अनिल साह भए । अर्को खेलमा महोत्तरीले पर्सालाई ३० रनले हरायो ।

यसैगरी बाराको कलैया स्थित सिद्धेश्वर क्रीकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको खेलमा २७.५ ओभरमा अलआउट हुँदै महोत्तरीले १ सय ८ रन बनाउन सक्यो । महोत्तरीकालागी मुरारी ठाकुरले ३३ बलमा २८ रन बनाए ।

पर्साका अल्फाज मंसुरीले ४.५ ओभर बलिङ गर्दै ११ रन मात्र खर्चिएर ४ विकेट हात पारे । तेस्तै साम्सद अन्सारीले ४ ओभरमा ३४ रन दिदै २ विकेट लिए भने साम्सद मंसुरीले ६ ओभरमा १ मेडन सहित १० रन खर्चंदै १ विकेट लिए ।

१ सय ९ रनको सामान्य बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रीएको पर्सा १८.२ ओभरमा ७८ रन बनाउदै अलआउट भयो । पर्साका सफवान अलिले १५ बलमा १३ रन बनाए । महोत्तरीका रमेश कुमार सहनीले ७ ओभर बलिङ गर्दै १ मेडन सहित १५ रन खर्चिएर ४ विकेट लिए ।

तेसैगरी अभिषेक तिवारीले ५.२ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । पर्सा विरुद्ध सामान्य योगफलमै पनि महोत्तरीलाई जित दिलाउन उत्कृष्ट बलिङ प्रदर्श गरेका महोत्तरीका बलर रमेश कुमार सहनी खेलको प्लेयर अफ द म्याच बने।

प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणका अन्तिम २ वटा खेलहरु हुनेछ। कलैयाको सिद्धेश्वर क्रीकेट मैदानमा बारा र सर्लाही बिच प्रतिस्पर्धा हुनेछ भने बिरगंजको नारायणी रंगशालामा पर्सा र रौतहट बिच प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागी मधेस प्रदेशको टोली छनोट हुने यस प्रतियोगिता पौष २५ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा मधेसका ८ वटा जिल्लालाई २ वटा समुहमा बिभाजन गरिएकोछ । समूह ए मा पर्सा,रौतहट,महोत्तरी र धनुषा जिल्ला रहेकोछ भने समूह बीमा बारा,सर्लाही,सिरहा र सप्तरी रहेकोछ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review