सप्तरङ्गी साकोसको बार्षिक सधारणसभा सम्पन्न

साझेदारी दैनिक
262 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको रजघट्टामा रहेको सप्तरङ्गी बचत तथा ऋृण सहकारीको १२ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले शोभा केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले सञ्चालक समितिसहित लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा शिवशंकर चौधरी,सचिव अनिल चौधरी,कोषाध्यक्ष बिदुर खड्का,सदस्यहरुमा राजेन्द्रप्रसाद भट्टराई,कृष्णप्रसाद पुडासैनी,लक्ष्मी मैनाली,मनोज न्यौपाने र बाबुराम वाग्ले रहनुभएको छ ।

यस्तै लेखा समिति संयोजकमा लवप्रसाद थपलिया,सदस्यहरुमा सुनिल बराल र सुष्मा कुमारी पोखरेल निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार,दैनिक वचतकर्ता, उत्कृष्ट कारोबार कर्ता,जेष्ठ नागरिक,उत्कृष्ट वचतकर्ता,लगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

Leave a review