नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिताको सिमरामा उद्घाटन

साझेदारी दैनिक
228 पाठक संख्या

बाराको सिमरामा नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको छ ।

स्क्रायबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उदटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले पानसमा बत्ती बालेर उद्घाटनगर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयले साँस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पहिलो पटक स्क्रयाबल गीत प्रस्तुत गरिएको थियो । लोटस एकेडेमीका संस्थापक प्रधानाध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्क्रयाबल क्लबका केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुली,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष चयन गुरुंग, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक,स्क्रयाबल क्लबका जिल्ला संयोजकहरु,विभिन्न जिल्लाका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्क्रयाबल क्लब बाराका संयोजक भोजराज सुवेदीको स्वागत रहेको थियो भने सञ्चालन लोटस एकेडेमी सिमराका शिक्षक रामप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका तथा बारा सिमराका नौवटा संस्थागत विद्यालयको सहकार्यमा लोटस एकेडेमी सिमराले राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता शनिबार हुने प्रतियोगिताको संयोजक बिद्यालय लोटस एकेड्मीले,सिमराले जनाएको छ । प्रतियोगितामा देशभरीका २२ वटा जिल्लाबाट छानिएका १ सय ४० जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा एउटा बिद्यालयबाट २ जनाको दरले सहभागिता रहने स्क्राबल क्लब अध्यक्ष केशब प्रसाद पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय प्रतियोगिताबाट २० जना प्रतियोगिहरु काठमाडौँमा हुने अन्तराष्ट्रिय स्क्राबल प्रतियोगिताकोलागि छनोट हुने छन् ।

यही माघ ५ र ६ गते नेपालमै पहिलो पटक काठमाडौँ जिल्लाको चन्द्रगिरी नगरपालिकाको नैकाप स्थित ब्राईट फ्युचार स्कुलमा अन्तराष्ट्रिय प्रतियोगिता हुने स्क्राबल क्लबका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

सन् १९३८ देखि अमेरिकाबाट सुरु भएको यस यस खेलमा २ देखि ४ जनासम्मले खेल्न सकिन्छ। १५÷१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ।

स्क्राबल खेलले प्रतिस्पधीबीच भाषा बिकास, सञ्चारको सिप, सहकार्य, नयाँ शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पुयाउँने जनाईएको छ ।

Leave a review

This will close in 0 seconds