रौतहटको बाबा बैजुनाथले सिजन अगाबै गरे उखु क्रसिङ शुरु

साझेदारी दैनिक
388 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको कटहरिया नगरपालिकामा संचालन रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज चिनी उद्योगले उखु क्रसिङ कार्य शुरु गरेको छ ।

जिल्लाको कटहरिया नगरपालिका–८ स्थित पिप्रा पोखरियामा स्थापना भएको चिनी उद्योगले यसबर्षको सिजनको क्रसिङ तयारी पूरा गरेको जनाएको छ ।

आइतबार उद्योगले डोगा पूजा गरेसँगै उद्योगको क्रसिङ तयारी पूरा भएको उद्योगका संचालक बैजु बाबराले जानकारी दिए । स्थानीय, अगुवा उखु किसान उद्योगका कर्मचारी तथा पत्रकार लगायतको उपस्थितिमा उद्योगले भव्य समारोहका बीच डोगा पूजा गरेको हो ।

नेपालमै सम्भव त सबभन्दा पहिला यस चिनी उद्योगले ढोंङ्गाको पूजा गरि यस वर्षको लागि मिल विधिवत रुपमा उखु क्रसिङ गर्ने कार्य सुरु गरेको छ।

रौतहट सहित बारा र सर्लाहीका कृषकले मिलमा उखु ल्याउने तयारी थालिएको उद्योगका सञ्चालक बैजु बबराले बताए। हरेक वर्ष झै अन्य चिनी मिलमा भुक्तानी समस्या र ढिला गरी सञ्चालनमा आउने भएपछि कृषकले यस् मिलमा उखु ल्याउन तयारी थालिएको उनले बताए ।

२०७५ साल देखि संचालनमा आएको सो उद्योगमा उखु खरीद गरेको १५ दिनमै कृषकले भुक्तानी पाउने व्यवस्था गरिएको थियो तर गत वर्ष प्राविधिक कमजोरीका कारण केही समय ढिलाइ भएपनि समयमा सबै किसानको भुक्तानी गरेको संचालक बाबरा बताए ।

शुन्यमा झरेको उखुको खेति विस्तारै किसानको ध्यान उखु खेति तर्फ केन्द्रित भएको बाबराको भनाई छ । उखु किसानलाई विगाहाको २० हजारका दरले सहज रुपमा ऋण उपलब्ध गराउने समेत जनाइएको छ ।

जिल्लाको श्री राम सुगर मिल्सले बिगारेको व्यवहारका कारण धेरै समस्याको सामना गर्दै यहासम्म पुगेको उनले बताउनुभयो।

उद्योग समयमै सञ्चालनमा आएको र भुक्तानीमा समस्या नरहेकाले यस आर्थिक वर्षमा लक्ष्यभन्दा बढी उखु क्रसिङ हुने अपेक्षा गरिएको उनले बताए । यस वर्ष मिलले करीब १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

गतवर्ष करीब साढे सात लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गरेर बन्द भएको मिलले यस वर्ष दोब्बरभन्दा बढी क्रसिङ गर्ने लक्ष्य लिएको बबराले बताए । बाबा बैजुनाथ चिनी मिलको दैनिक २५ हजार क्वीन्टलसम्म उखु क्रसिङ गर्ने सक्ने क्षमता छ ।

मिलले पछिल्लो समयमा उखु क्रसिङ क्षमता बढाउँदै लगेको छ । मिलमा ५०० जनाभन्दा बढीले रोजगारी पाएका चिनी मिलको प्रबन्धक निर्देशक अभय प्रकाश जैसवालले बताएका छन् ।

Leave a review

This will close in 0 seconds