१५ किलो लागुऔषध गाँजा सहित तीन पक्राउ

साझेदारी दैनिक
467 पाठक संख्या

बाराको कलैयाबाट प्रहरीले लागुऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा स्थित नहर चोकमा खटिएको प्रहरी चेकिङ टोलीले १५ किलो गाँजा बरामद गरेको हो ।

कलैयाबाट मटिअर्वातर्फ जादै गरेको प्र–२–०३–००१ ह ९१० नं.को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाँजासंगै अटो चालक बारा कलैया १२ बस्ने वर्ष २८ को ताहीर अंसारी,अटोमा सवार भारत विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी,आधापुर वडा न.४ बस्ने वर्ष २१ को इश्राफी हवारी र अटोमा सवार अर्का भारतीय.वर्ष ३५ को जफीर मियाँ रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review