सालको काठ बरामद

साझेदारी दैनिक
265 पाठक संख्या

पर्सा प्रहरीले दुई थान सालको काठ बरामद गरेको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ भटौडाबाट ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले काठ बरामद गरेको हो।

आँप बगैंचामा बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको सालको काठ ४ फिट लम्बाई ५ फिट गोलाइ भएको २ थान फेला पारी नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ ।

Leave a review