मधेश प्रदेशको एक महानगरपालिका वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
अधिकृत लक्ष्मीप्रसाद पौडेलको सरुवा मन्त्रिपरिषद्को बैठकले गरेको हो । मन्त्री परिषदले देशका विभिन्न निकाय र कार्यालयहरूमा कार्यरत ७१ जना सहसचिवकोे सरुवा गरेको हो ।
सोही अनुसार महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलको पनि सरुवा भएको हो । मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिकामा पौडेलको ठाउँमा मातृका भट्टराई आउने भएका छन ।
पौडेललाई कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ ।
वीरगञ्ज आउन लागेका भट्टराई भने यसअघि कोसी प्रदेश कै धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका थिए ।


