नेपोभिट उद्योगमा आगलागी हुँदा २० करोडको क्षति

रञ्जन यादव
310 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित टायल उत्पादन गर्ने उद्योग नेपोभिटमा आगलागी हुँदा करिब २० करोडको क्षति भएको छ ।

आईतबार दिउसो३ः३० बजे बिद्युत सर्ट भई भएको आगलागीमा उद्योगको कच्चा पदार्थ,कार्टुन र मेशिनमा क्षति पुगेको उद्योगको प्लान्ट ईन्चार्ज बद्रि कडेँलले जानकारी दिएका छन ।

आगलागीलाई जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाको एक एक वटा,वीरगंज महानगरपालिकाको २ वटा र नेपाल प्रहरीको १ बारुण यन्त्र गरी ५ वटा बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

बिद्युत सर्ट भई भएको आगलागिमा करिब २० करोडको क्षति भएको हुन सक्ने अनुमान मानव संसाधन ब्यवस्थापक मधुकर ठाकुरले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सिमरा,ईलाका प्रहरी कार्यालय जीतपुर र उद्योगमा कार्यरत श्रमिकहरुले आगलागिबाट उद्योगमा थप क्षती हुनबाट बचाएका थिए ।

आगो लागेको घटना थाहा भएपछी जीतपुरसमिराका प्रमुख राजन पौडेल,उपप्रमुख भोला अधकिारी, प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद,नगर उद्योग वाणज्यि सँघका अध्यक्ष मोहन शर्मा,वडा नं ८ को वडाध्यक्ष शिवशंकर महतो लगायतले आगलागीको घटनाले उद्योगमा पुगेको क्षति प्रति दुःख व्यक्त गर्नुभएको थियो ।

आगलागीको घटना थाहा भएपछि जीतपुरसिमराका प्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी,प्रशासकीय प्रमुख शिवजी प्रसाद ,नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा,वडा नं ८ को वडाध्यक्ष शिवशंकर महतो लगायतले आगलागीको घटनाले उद्योगमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

Leave a review