महिलाहरुलाई आत्म निर्भर बनाउन बाराको सिमरामा सञ्चालित छ महिने सिलाई कटाई तालिमको समापन भएको छ ।
साना किसान कृषि सहकारी संस्था डुमरबाना अन्तर्गतको शाखाहरुका ६५ जना महिला शेयर सदस्यहरुलाइ तालिम प्रदान गरिएको हो ।
साना किसान कृषि सहकारी संस्था सिमरा शाखामा सो तालिमको आयोजना गरिएको हो ।
तालिमका सहभागिहरुलाई लायन्स क्लब अफ वीरगञ्जका पूर्णकला भुसाल र साना किसान सहकारी संस्थाका अध्यक्ष प्रदिप बरालले प्रमाण पत्र तथा सिलाई मेसिन बितरण गरेका थिए ।
सिलाई मेसिन लगायत आवश्यक सामाग्री तालिमकोलागि लाईन्स क्लब अफ वीरगञ्जले सहयोग गरेको थियो । तालिममा सहभागिहरु मध्येबाट पहिलो,दोस्रो र तेस्रो हुनेलाई पुरस्कार बितरण गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष बरालले साना किसान कृषि सहकारी संस्था आफनो कार्यले कृषि सहकारीको संसारमा आप्mनो छुटै पहिचान बनाएको बताएका छन् ।
त्यस्तै संस्थाका प्रबन्धक राजेन्द्र जमरकटेलले शेयर सदस्यहरुलाई आत्म निर्भर बनाउँन संस्थाले बिभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको बताए ।


