कोल्हवी-११ मा पचगछिया माइको सरसफाइ कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
444 पाठक संख्या

धिरेन्द्र पनुहर/

कोल्हवी-११ मा पचगछिया माइको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र नगर कमिटी कोल्हवीको आयोजना र कोल्हवी नगरपालिकाको मेयर प्रत्याक्षी उमेदवार एवम समाजसेवी अमृत जि आरको विशेष पहलमा कोल्हवी नगरपालिका वडा न ११ मा रहेको पचगछिया माइको मुहान पहिचान र सरसफाइ कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

सो कार्यक्रममा वडा न ९ र ११ का करिब २ सय जना समाजसेवीहरु,महिला,किसान,मजदुरहरुले हाथमा कोदालो र हसिया लिएर मुहानको पहिचान सहित सो क्षेत्र वरिपरि सरसफाइ गरेका थिए।

सो सरसफाइ कार्यक्रममा नगर कमिटी अध्यक्ष रामचन्द्र साफि,समाजसेवी अमृत जि आर,कोल्हबी न पा वाड न ९ का वडा अध्यक्ष दलबहादुर चौधरी,अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र बाराका अध्यक्ष प्रकाश चौधरी ,कोल्हवी नगर कमिटी सचिव सिकेन्द्र कुशवाहा,महिला नेत्री प्रमिला चौधरी,तारा चौधरी,कल्पनिया माझी,इन्द्रादेवी चौधरी युवा नेता सिकेन्द्र पासवान लगाएतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds