राष्ट्रिय जँगलबाट कटान गरि राखिएको तीन थान सालको गोलिया काठ पर्सा प्रहरीले बरामद गरेको छ ।
प्रहरीले सखुवा प्रसौनी गाउँपालिकां सखुनियाबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको सालको काठ बरामद गरेको हो ।
अस्थायी प्रहरी पोष्ट मनवा बाट खटिएको प्रहरी टोली र सब वन डिभिजन कार्यालय सखुनिया बाट खटिएको सयुक्त गस्ती टोलिले सो काठबरामद गरेको हो ।
बरामद गरिएको काठ चार फिट लम्बाई र ३ फिट गोलाइ भएको तीन थान काठ रहेको छ ।
काठलाई आवश्यक कारवाहीकोको लागि बन कार्यालयमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ ।


