कलैया । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर २५ मा अवस्थित श्री नेरा माध्यमिक विद्यालयको भवनको कक्षाकोठा भित्र एक राजनीतिक दलले कार्यक्रम गरेको छ।
जनमत पार्टीको भेला तथा यूवा दस्ता गठन कार्यक्रम भएपछि विद्यालय परिसरलाई राजनीतिक गतिविधिको केन्द्र बनाइएको भन्दै स्थानीय अभिभावक र सरोकारवालाहरूले आपत्ति जनाउदै विरोध गरेका छन्।
उनीहरुले कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहलाई यसबारे अभिभावकलाई गुनासो गरेका छन्। सम्बन्धित शिक्षा महाशाखालाई यस बारे तुरुन्त जानकारी लिदै आवस्यक कारवाही अगाडि बढाउन शिक्षा महाशाखालाई नगरप्रमुख साहले निर्देशन दिएका छन्।
विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद जयसवारसँग यस सम्बन्ध लिखित स्पष्टीकरण मागिएको शिक्षा महाशाखा प्रमुख राजिव यादवले बताएका छन्। विद्यालय सरकारी सम्पत्ति हो। कुनै पनि राजनीतिक कार्यक्रम विद्यालयमा गर्न नपाइने उनले बताएका छन् । यस्तो गतिविधि दोहोरिएमा कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।
यादवले सिसहनियामै अवस्थित श्री बौधिमाई आधारभुत बिधालयको कार्यालय सहयोगी आलोक कुमारलाई स्पष्टीकरण काटिएको जनाए। उनले चित बुझ्दो जवाफ नदिएकोले फेरि स्पस्टिकरण काटिएको जानकारी दिएका छन्।
कार्यालय सहयोगी कुमारले सो दिन आफै पार्टी प्रवेश गरेको तस्बिर समेत आएको छ। स्थानीयले बिरोध शुरु गरेका थिए । विद्यालयका प्रधानाध्यापक जयसवारले जनमत पार्टीका प्रदेश उपाध्यक्ष सन्तोश पटेलले गाउँ भित्रको सामान्य छलफलका लागि केही बेर कार्यक्रम गर्न अनुमति मागेको जनाएका हुन्। पार्टी प्रवेश गराएपछि स्थानियले आक्रोश पोखेका हुन्।
आफुलाई सामाजिक बैठक भन्दै झुक्याएर राजनीतिक कार्यक्रम गरिएको उनको कथन रहेको छ। विद्यालयको राजनीतिकीकरण रोक्न र शिक्षा क्षेत्रमा निष्पक्षता कायम गर्न सम्बन्धित निकायको सक्रियताको माग स्थानीय नागरिकले गरेका छन्।

