मौसममा परिवर्तन आएसंगै शुरु भएको जाडोलाई दृष्टिगत गरी नेपाली काङ्ग्रेसले निजगढको रतनपुरमा न्यानो कपडा वितरण गरेको छ ।
नेपाली काङ्ग्रेस वडा नम्बर ११ कार्यसमितिले एक कार्यक्रमको आयोजना गरि शनिबार न्यानो कपडा वितरण गरेको हो ।
नेपाली काङ्ग्रेसको तर्फबाट बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार रमेश प्रसाद दङ्गालको सहयोगमा प्राप्त ५५ थान कम्बल ज्येष्ठ नागरिक,विपन्न,अशक्तहरुलाई वितरण गरिएको हो ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले कार्यक्रममा सहभागी ज्येष्ठ नागरिक,बिपन्न,अशक्तहरुलाई सो कम्बल हस्तान्तरण गरेका थिए ।
न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस सहमहामन्त्री चौधरीले निजगढको बिकासकोलागी आफ्नो लगाव रहिरहने प्रतिबद्धता जनाए । सामाजिक उत्तरदायित्व सङ्गै जनतासङ्ग नजिक रहिरहन यस खाल्का कार्यक्रमहरुलाई काङ्ग्रेसले निरन्तर रुपमा संचालन गरिरहने उनले जनाए ।
निजगढका पुर्व मेयर तथा नेपाली काङ्ग्रेस बाराका सदस्य सुरेश कुमार खनालले नेपाली काङ्ग्रेस जनतासङ्ग सधैं नजिक रहिरहने जनाए । उनले निजगढको बिकासमा काङ्ग्रेसले थप सशक्त भूमिका निर्वाह गर्ने बताए ।
निजगढ नगरपालिकाको नेतृत्वमा नेपाली काङ्ग्रेसले पराजय व्यहोरेको कारण निजगढ नगरपालिकामा बिकासको काम रोकिएको बताए ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका बिकास निर्माणका कार्यक्रम वर्तमान समयमा हुननसकेको प्रति पुर्व मेयर खनालले दुख व्यक्त गरे ।
कार्यक्रमका सहयोगी तथा नेपाली काङ्ग्रेसको तर्फबाट बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का प्रदेश सभा सदस्यका प्रत्यासी रमेश प्रसाद दङ्गालले मानवीय धर्म निर्वाह गर्नकोलागी आफुले न्यानो कपडा दिएको बताए । उनले ज्येष्ठ नागरिक,विपन्न र अशक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको बताए ।
विगतका समयमा पनि आफुले सामाजिक उत्थानकोलागी विविध क्रीयाकलापहरु गरेको उनले सम्झे । अगामी दिनहरुमा पनि यस खाल्का थप कार्यक्रमहरु गर्ने योजना रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिना कुमारी लामा,नेपाल तरुण दलका केन्द्रिय सदस्य बिजय चौधरी,नेपाली काङ्ग्रेस बाराका सदस्य बिष्णुगोपाल रिसाल,नेपाली काङ्ग्रेस निजगढका उपसभापती तथा वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले,वडा नम्बर १ का वडा अध्यक्ष मङ्गल लोप्चन,वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुस्कल खड्का,वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान,कार्यपालिका सदस्य शर्मिला सुनार लगायत नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।


