महिला पत्रकार खतिवडालाई बीमा रकम हस्तान्तरण

साझेदारी दैनिक
479 पाठक संख्या

बाराका एक महिला पत्रकारलाई बीमा बापत रकम रु २६ हजार ६ सय ७३ रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बीमा बापतको रकम दिएको हो । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले एक कार्यक्रमवीच बिहीवार स्वास्थ्य बीमा वापतको प्राप्त रकम पत्रकार खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।

गत बैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गरेकी खतिवडाले बीमावापत उक्त रकम प्राप्त गरेकी हुन् ।

आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९।०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो। मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकाय प्राधिकरणले गरेको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई बीमा सुविधा वापतको रकम हस्तान्तरण गरेको हो ।

पत्रकार खतिवडा सिमरा स्थित रेडियो नागरिकमा कार्यरत छिन । बिमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिबारी,निबर्तमान अध्यक्ष कमल कुमार उपाध्याय,प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी,प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादब लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds