युरिया मल आउन थाल्यो,किसानलाई बितरण गरिने

राम मण्डल
368 पाठक संख्या

किसानलाई दिइने सहुलियतको युरिया मल आउन थालेको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालय वीरगञ्जमा मल आउन शुरु भएको हो ।गत शुक्रबार देखि सुख्खा बन्दरगाह भएर युरिया मल आउन शुरु भएको हो ।

किसानहरु भने गहुँ खेतीको लागि मल नपाएर भौतारिएका छन ।गँहु छरेको २१ दिनपछि युरिया मल चाहिन्छ । युरिया मलकै अभावमा किसानहरु भौतारिएका हुन् ।किसानहरु गहुँ खेतीमा हाल्नको लागि युरिया मलको लागि भौतारिरहेका छन ।सरकारले गहुँ खेतीको लागि मलको अभाव नहुने बताएको थियो ।

अहिले युरिया मलको चरम अभाव भएको छ ।पर्सामा किसानहरुले लगाएको गहुँ बालीमा युरिया मल हाल्ने बेला भएको छ। किसानहरुले सहकारीहरुबाट युरिया मल पाएका छैनन् ।

सहकारीमा कृषि सामाग्रीबाट नै मल नआएको बताउदै सहकारीले किसानहरुलाई फर्काउदै आएको छ । मल हाल्ने बेलामा किसानले मल नपाएर छटपटाउनु पर्ने अवस्था रहेको छ ।

यो अत्यन्द दुखद रहेको जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले बताए ।किसानहरुले खेतमा गहुँ छरेको डेढ महिना भन्दा बढी हुन लागेको छ ।गहुँ बालीमा २१ दिनपछि पानी हालेर युरिया हाल्नुपर्छ । किसानहरुले भने चाहेकै बेलामा मल पाएका छैनन् ।

सरकार र कर्मचारीहरुले मल अभाव नहुने जति दाबी गरेपनि त्यो झुठो सावित भएको छ । हरेक वर्ष सरकारको दावी झुठो हुदै आएको किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए। किसानहरुलाई सहकारी मार्फत कृषि सामाग्री कम्पनी लिमिटेडले मल उपलव्ध गराउने गरेको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड वीरगञ्जले भने मल आईसकेको जनाएको छ । सो मल वितरण हुने जानकारी दिएको छ ।कम्पनीका प्रमुख दुर्गा पसाद पाण्डेले मल आईसकेको जनाए ।

उनले कोटा अनुसारको मल प्रदेश सरकारबाट कोटा छुटयाएर आएसँगै किसानहरुले मल पाउने बताए ।उनले मल आउनमा केही दिन ढिलाई भएको स्वीकार गरे । आफुहरुले चाँडै मल वितरण गर्ने उनले बताए ।

Leave a review

This will close in 0 seconds