तराईमा एक्कासी बढ्यो चिसो,जनजीवन कष्टकर बन्दै

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

बारासहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ ।

एक हप्तादेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण बाराको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि बाराका १६ वटै पालिकाहरुको अधिकांश चोक चौराहमा मनिसहरुको चहलपहल घटेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको कलैयाका बिजय दासले बताउँछन् ।

जाडो बढेपनि यो बर्ष स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल,चोक,मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् ।

खास गरेर जाडोका कारण दलित,विपन्न,वृद्धवृद्धा,बालबालिका सबैभन्दा बढी प्रभावित भएको छन् ।

चिसो बढेका कारण कलैयाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका गरिब दलित परिवारहरुलाई अहिले घरबार नहुनु तथा पर्याप्त कपडा नहुदा उनीहरुलाई समस्या भएको छ । मौसममा परिवर्तनसंगै चिसो बढेर शित खस्न थालेको छ ।

दलित बस्तीका दलित र गरिबहरुलाई खान लगाउनमा समेत समस्या भएको छ। चिसो बढदा स्थानीय सरकारले समेत हालसम्म चिसोबाट बच्न दलित बस्तीमा कुनै किसिमको राहतको ब्यवस्था गरेको छैन ।

अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएको हो। चिसो बढेसँगै चौक चौकमा आगो बालेर सर्वसाधारण बस्नु बाध्य भएका छन्।

अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन सकेका छैनन् । चिसोबाट बच्नका लागि बाराको विभिन्न चौक चौराहा बजारमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ ।

एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ ।

Leave a review

This will close in 0 seconds