सर्लाहीमा ट्रान्सफर्मरको तामाको तार चोरी गर्ने नौ जना पक्राउ

साझेदारी दैनिक
232 पाठक संख्या

सर्लाही । सर्लाही प्रहरीले तामाको तार चोरी गर्ने गिरोहका नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त तामाको तार चोरी गर्ने गिरोहका नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईलाम माईजोगामाई गाउँपालिका वडा नं.०४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोक पाखर गाउँपालिका वडा नं.०१ बस्ने ४२ वर्षीय सोनम लामा,महोत्तरी बर्दिवास नगरपालिका वडा नं.०३ बस्ने ५३ वर्षीय बुधे माझी, भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला चिरैया थाना वडा नं.०६ घर भई हाल पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं.१५ स्थित कवाडी गोदाम गरी बस्ने ५० वर्षीय सुखाडी सहनी ,भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी जिल्ला चिरैया थाना वडा नं.०६ घर भई हाल पर्साको बीरगंज महानगरपालिका वडा नं.१५ स्थित कवाडी गोदाम गरी बस्ने २० वर्षीय सरोजकुमार सहनी,भारत बिहार राज्य मोतिहारी जिल्ला हरदिया बस्ने ५५ वर्षीय मो.रयाजुल,पर्साको बीरगंज महानगरपालिका वडा नं. १६ बस्ने ३३ वर्षीय दिलिपकुमार ओझा,भारत बिहार राज्य जिल्ला समस्तीपुर मोहरी टोल बस्ने ३५ वर्षीय संजित पदार्थ तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.०६ स्थित गढीमाई मेटल प्रा.लि.का संचालक ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत प्रहरी इकाईका वडा एरिया समेतमा बिभिन्न मिति समय र स्थानमा कृषि क्षेत्रहरु अन्तगर्त जडान भएका कृषि ट्रान्सफर्मरहरु भित्र रहेको तामाको तारको चोरी भएको थियो ।

अनुसन्धानको क्रममा चोरीमा प्रयोग गरिएका सवारी साधन ई–रिक्सा थान–२, बिभिन्न औजारहरु थान–५१, मोबाईल थान–११, ट्रान्सफर्मरमा प्रयोग हुने तामाका तार १०३.८ के.जी. सर्लाही प्रहरीले बरामद गरेको हो।

उनीहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप भई सर्लाहीबाट अनुसन्धान कार्य भईरहेको सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds