पाँच जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
988 पाठक संख्या

बारा प्रहरीले बिभिन्न मद्दामा फरार रहेका पाँच जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

प्रहरीले लागू औषध मुद्दामा अदालतबाट पाँच महिना २८ दिन कैद र दुई हजार रुपैया जरिवाना पाएका बाराको निजगढ नगरपालिका वडा नं. ०८ खयरघारीमा बस्ने अर्जुन थापा भन्ने वालकृष्ण थापा र सोही ठाउँमा बस्ने बिमला बुढाथोकीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै गाली बेईज्जती मुद्दामा अदालतबाट एक हजार दुई सय ५० रुपैयाँ जरिवाना पाएका सुवर्ण गाँउपालिका वडा नं. २ कवहीगोठ बस्ने अन्दाजी ५० वर्षीय उमेश प्रसाद यादव पक्राउ परेका हुन् ।

त्यसैगरी सम्बन्ध बिच्छेद मुद्दामा आदर्शकोतवाल गाँउपालिका वडा नं.५ टेराकट्टीमा बस्ने अन्दाजी ५२ वर्षीय बिजयप्रसाद चौरसिया र अन्दाजी ४० वर्षकी रम्भा देवी वरैलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a review

This will close in 0 seconds