अबैध भन्सार छलीका सामान प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
449 पाठक संख्या

बारा प्रहरीले अबैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यलयहरूबाट खटिएको प्रहरी टोलीले भन्सार छलीको अन्दाजी ९४ हजार तीन सय रूपैयाँ बराबरको सामानहरू सहित मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरी टोलिले बाराको आदर्शकोतवाल गाँउपालिका वडा नं.७ कोतवालीमा भन्सार छली गरी ल्याउदै गरेको बि.आर ०५ ए.८८६२ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सुर्ती अन्दाजी २५ हजार रुपैयाँ बराबरको सूर्ति बरामद गरेको छ ।

त्यसैगरी क्रेजी पञ्च चकलेट २० डिब्वा,क्रेजी तमोरिण्ड चकलेट १९ डिब्वा,क्रेजी त्लावरेड लेली १९ डिब्वा,डुगा स्विट्स जामुन चकलेट ४२ डिब्वा र मोबाइल सिलुट १३ पैक गरी जम्मा २९ हजार मूल्य बराबरको सामान ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शले बरामद गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र. ०२२–००६ ख ५८५८ नम्बरको यात्रु बाहक बसबाट स्टेरीङ कभर २२ पिस,ठुलो लेस ४३ पिस,सानो लेस ५३ पिस,स्टिकर २४ पिस,रिप्लेकट्र वाइर ४ पोका गरी जम्मा अन्दाजी मूल्य ४० हजार ३ सय रुपैयाँ बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

सामान सहित मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds