नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मल समयमा नआएको कारणले किसानहरुलाई समस्या भएको बताएका छन ।
नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान अन्तरगत शुक्रवार बाराको कलैयामा आयोजित कृषि सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेको थापाले नेपालमै मल कारखाना संचालन गर्न आवश्यक रहेको भन्दै त्यो भन्दा पहिला मल वितरण प्रणालीलाई सुधार गर्ने,मल खरिदमा राखिएको बजेटको दायरा बढाउने बढाउन जरुरी रहेको बताएका छन ।
सत्ता साझेदार दलका हैसियले किसानका समस्यालाई समाधान गर्न नेपाली काँग्रेस तत्पर रहेको बताउदै समयै विउविजन तथा मल वितरण र उचित सिचाईको समस्या समाधान गर्न आफ्नो दल र व्यक्तिगत तवरबाट कनै कसर बाँकी नराख्ने महामन्त्री थापाको भनाई छ । किसानका समस्याहरुलाई नजिकबाट बुझ्न यस्ता सम्बाद र सुझावले थप मदत पुग्ने उहाको विश्वास छ ।
उक्त कृषि संवाद कार्यक्रममा नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य अजय बाबु सिवाकोटी,मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव,मधेस प्रदेशका स्वस्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह,बाराका सभापति राजेश राय यादव,जिल्लाका पदाधिकारी,नगर सभापति,कांग्रेसका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारीले प्रदेश सरकारले कुल बजेटको करिब ५० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्न जरुरी रहेको बताएका छ ।
सो अवसरमा बारामा जिल्लामा किसानहरुले भोग्दै आएको समस्या र कृषि क्षेत्रमा गर्नुपर्ने कामहरुका वारेमा पनि महामन्त्री थापालाई अवगत गराएका थिए ।
कलैयामा रहेको करण राज पार्टी प्यालेसको प्राङ्गणमा कलैया उपमहानगर –४ को वार्ड कार्य समितिद्रारा समुदायमा कांग्रेस अभियानमा अन्तरगत उक्त कृषि संवाद कार्यक्रम सम्पन्न भएको हो ।
वडा सभापति रबि गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा संचालन नेपाली कांग्रेस पार्टी कलैयाका नगर सचिव मुकेश यादवले गरेका थिए।
नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान माघ १६ देखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म विभिन्न कार्यक्रम गर्ने र जनताका अपेक्षा,सुझाव र गुनासा सुन्ने गरी अभियान देशभरका सवै जिल्लाको सबै वडामा सञ्चालन गरिएदै छ ।

