सीमावर्ति क्षेत्रमा अपराध नियन्त्रण गर्न चुनौती छ –प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे

साझेदारी दैनिक
502 पाठक संख्या

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सीमावर्ति क्षेत्रमा भइरहेको अपराध नियन्त्रण गर्न निकै ठूलो चुनौती रहेको बताएका छन् ।

बारा उद्योग वाणिज्य संघ कलैयाले शुक्रबार उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतविच रहेको रोटीबेटीको सुमधुर सम्बन्ध रहेको चर्चा गरे । नागरिकले आफ्नो आवश्यकता अनुसारको वस्तु किनि ल्याइरहेका छन्,त्यसैको आडमा तस्करी समेत भइरहेको छ,यो दुवैविचको अन्तरलाई बुझन प्रशासनलाई गाह्रो भइरहेको उनले जनाए । नागरिकको आडमा तस्करी हुन हुदैन उनले भने ।

अर्थतन्त्रमा संकट रहेको जनाउँदै आफुले उद्योगी व्यापारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रजिअ घिमिरेले बाराको कानुन व्यवस्था कायम राख्न सबैको सहयोग लिएर अगाडी बढने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकताको काम ऐन नियम कानुन बमोजिम गर्न आफु प्रतिबद्ध रहेको जनाए ।

सहज र सुलभ ढंगले नागरिकता दिने व्यवस्था मिलाउने जनाउँदै उनले कर्मचारीको अभाव रहेको जनाउ । उद्योगी व्यवसायीले गरेको सम्मानप्रति आफु कृतज्ञ रहेको उनले जनाए ।

बारा उदोग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरे । उनले आफुमाथि कसैले पनि भ्रष्टाचार गरेको सिद्ध गर्न नसक्ने बताए । आफुले ईमान्दारिताका साथ काम गरिरहेको उनले सुनाए ।

नगर उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहाले व्यापारीहरुले अनावश्यक दुख पाइरहेको चर्चा गरे ।

कार्यक्रमका अध्यक्षता गरिरहेका बारा उदोग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले सरकारको नीति त्रुटिपूर्ण रहेकोले सबैले दुख पाएको जनाए । उनले भारतमा जिएसटि जस्तै नेपालका ५५ वस्तुहरुमा कर लगाए ग्रे अर्थतन्त्र नचल्ने जनाउदै अर्थतन्त्र मजबुत हुदै जाने बताए ।

बारा उद्योग वाणिज्य संघका महासचिव रामाशिष साह कानुले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्वागत बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीपसाह गोल्डेनको थियो । बारा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवनाथ शर्मा,तेजनारायण जयसवाल,बारा मासु व्यवसायी संघका अध्यक्ष शेष भोला मिया,महागढीमाई नगर उद्योग वाणिज्य संघका रुस्तम अन्सारी लगायतका महानुभावहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds