शहरी गरिबी निवारण मञ्चको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

संदिप प्रसाद यादव
405 पाठक संख्या

शहरी गरिबी निवारण मञ्चको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बाराको कलैया उपमहानगर–३ मा रहेको शहरी गरिबी निवारण मञ्च कार्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रम बीच १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

शहरी गरिबी निवारण मञ्चको अध्यक्ष आराधना कुमारी सोनारको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मोहन साह कानुले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० को आर्थिक तथा कार्य प्रतिवेदन प्रस्तुत कोषाध्यक्ष सबिता पासवानले गरिन् ।

अनिल मण्डलको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति गठन गरिएको छ । त्यस्तै सचिवमा दिपनारायण प्रसाद साह सर्वसम्मत चयन भएका छन् ।

कोषाध्यक्षमा रानी कुमारी गुप्ता पनि सर्वसम्मत चयन भएकी छन् । त्यसैगरी सदस्यमा तायरा खातुन,संदिपा पासवान, श्यामबाबु प्रसाद यादव,समीर आलम,अमिन्द्र कुमार यादव, रबिना खातुन पनि सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलैया उपमहानगर –३ का वार्ड अध्यक्ष कानुले मञ्चसंग हातेमालो गरेर हिड्ने र आउने दिनमा पनि सहयोग गर्ने बताए ।

वार्डमा हुने विकास तथा विभिन्न कार्यक्रमहरुको काममा पनि मञ्चसंग सहकार्य गरी गर्ने अध्यक्ष साहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित मञ्चका अध्यक्ष अनिल मण्डलले उपमहानगरपालिका र वार्डहरुसंग सहकार्य गरी समुदायमा रहेका समस्याको पहिचान गरी समाधान गर्ने जनाए । संस्थाले गरिब बस्तीमा थप विकास गर्ने बताए ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष सैफुल्लाह मियाँ अंसारी, दिपशिखा महिला सहकारीको उपाध्यक्ष इन्दु देवी कहारिन,मंचको पुर्व अध्यक्ष रबिन्द्रप्रसाद साह,समाजसेवी नाथु राम र भदै राम लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य मंचको रबिना खातुन, कार्यक्रम बारे जानकारी दिपनारायण प्रसाद साहले दिएका थिए । कार्यक्रमको सञ्चालन मञ्चका संस्थापक सदस्य सूर्यराज पासवानले गरेका थिए ।

Leave a review