प्रुडेन्सियल इन्स्योरेन्स र गुप्ता मोटर्सबिच नगद रहित क्यास लेस सेवा सम्झौता

संदिप प्रसाद यादव
569 पाठक संख्या

आइजी आइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र गुप्ता मोटर्सबिच नगद रहित क्यास लेस सेवा सम्झौता भएको छ ।

आइजी आइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र कलैयामा रहेको गुप्ता मोटर्सबिच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा आइ जी आइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक तथा मधेश प्रदेशका प्रमुख अमर बहादुर गौतम र गुप्ता मोटर्सका संचालक रितेश कुमार गुप्ताले हस्ताक्षार गरेका छन् ।

सो सम्झौता पश्चात आइ जी आइ प्रुडेन्सियल इन्स्योरेंसबाट मोटर बिमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सिमासम्म गुप्ता मोटर्सबाट नगद रहित क्यास लेस सेवा प्राप्त गर्न सकिने छ ।

सोही अवसरमा आइ जीआइ प्रुडेन्सियल लिमिटेड र गुप्ता मोटर्सले आफ्ना ग्राहकहरुलाई आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसंग मोटर बीमालेख खरिद गरि बीमालेखको सिमा सम्म नगद रहित दाबी भुक्तानी दिने र सबै प्रकारको क्यास लेस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका छन ।

गुप्ता मोटर्स र आबद्ध ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बिमा सेवा आइजिअई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बाट प्राप्त गर्नसक्नु हुने ढुक्क भएर सेवा लिन दुवै पक्षले आह्वान गरेका छन् ।

नेपालमा २ पाङ्ग्रे सवारी साधनमा बिक्रेताहरुमा हामी गुप्ता मोटर्स, बजाज कलैयाले पहिलो पटक हामी आइ जि आइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड संग को समन्वयमा नगदरहित दुर्घटना दाबी समाधानको सुरुवातको संचालक रितेश गुप्ताले बताएका छन ।

उनले इन्स्योरेस लिमिटेड मधेस प्रदेशका प्रमुख अमर बहादुर गौतम र पर्साका शाख प्रबन्ध धन्न्जय कुमार ठोकरप्रति आभारी भएको गुप्ताले बताएका छन ।

यो सम्झौता पश्चात बाजाज मोटरसाइकल भएका आइ जि आइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट बिमा गराउनु भएका बिमितहरुको खुशीको खबर रहेको संचालक गुप्ताको भनाई छ ।

गुप्ता मोटर्स,बाइक दुर्घटना बीमा दावी प्रति सबै जिम्मेवारी लिन्छौं संचालक गुप्ताले भने ।

Leave a review

This will close in 0 seconds