कृषकहरुलाई अनुदानमा कृषि मोटर

रञ्जन यादव
293 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कार्यालयले कृषकहरुलाई कृषि मोटर वितरण गरिरहेको छ ।

वडा स्तरीय बजेटबाट उसले अनुदानमा कृषि मोटर वितरण गरिरहेको हो । कृषि मोटर पहिलो चरणमा ४० जनालाई ५० प्रतिशत अनुदानमा बितरण भईरहेको छ ।

सिचाई गर्नकालागि बितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए । बाँकी ४० जनालाई केहि दिनमै कृषि मोटर बितरण गरिने उनले जनाए ।

वडा कार्यालयले रु २५ हजार पर्ने कृषि मोटर कृषकहरुलाई १२ हजार पाँच सय रुपैयाँमा वितरण गरेको हो । वडा कार्यालयले चैत्र २१ गते सार्वजनिक रुपमा सूचना निकालि कृषि मोटरकोलागि आहवान् गरेको थियो ।

जसमा ८० जनाले मोटरकोलागि दर्खास्त दिएका थिए ।वडा नं.१८ को कार्यालयले यस भन्दा अगाडि कृषकहरुलाई निशुल्क रुपमा घाँसको बिउँ वितरण गरेको थियो । वडा नं.१८ मा अधिकांश मानिसहरु जीविकोपार्जनको लागि कृषि पेसामा आबद्ध रहेका छन् ।

Leave a review