बाघले खाएको अवस्थामा शव फेला

साझेदारी दैनिक
299 पाठक संख्या

कलैया । बाराको अमलेखगञ्जस्थित चकरी जंगलमा बाघले खाएको जस्तो अवस्थामा एक जना मानिसको मृत शरीर बुधबार फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मकवानपुर मनहरी गाउँपालिका निवासी अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर भुलनको शव फेला परेको हो।

भुलन जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाख्रा चराउने कामदारको रुपमा काम गर्दै आएका थिए। उनी चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएकोमा घरमा फर्किएर आएनन्। त्यसपछि उनको खोजतलाश शुरु भएको हो।

वडा अध्यक्ष सुबास श्रेष्ठ,इलाका प्रहरी कार्यालय अमलेखगंज बाराका प्रहरी बरिष्ट नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डको टोली र स्थानीय मानिसहरुले खोजतलाश गरेका थिए।

सोही क्रममा भुलनको शरीर दक्षिणकाली सामुदायिक बनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा मृत फेला परेको हो। साथै २७ वटा जिउदो बाख्रा फेला परेको प्रहरीले जनाएको छ।

Leave a review