नेपाल शिक्षक संघ कठोर कदम चाल्न बाध्य हुने चेतावनी

साझेदारी दैनिक
1.2k पाठक संख्या

रिक्त दरवन्दी र कनिष्टताको आधारमा पदस्थापन कार्यमा शिक्षा विकास तथा समन्वय इकाइ बाराले न्यायोचित वितरण नगरेमा कठोर कदम चाल्न बाध्य हुने नेपाल शिक्षक संघ बाराले जनाएको छ ।

नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

संघ द्वारा जारी प्रेस विज्ञप्तिमा सामाजिक लोकतन्त्रमा सबैको विचारको सम्मान,सुशासनको पालना,नेपालको संविधान अनुसार बनेको नियम कानुनको पालन गर्नु,गराउनु सबैको साझा कर्तव्य एवम् जिम्मेवारी रहेको लेखिएको छ ।

पछिल्लो समयमा बारा जिल्लाको शैक्षिक संस्थाहरुको नियमन गर्ने निकाय शिक्षा विकास तथा समन्वय इकाई बाराले गरिरहेको गतिविधिहरु शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ को नियमहरु पलना नगरी आर्थिक नजरानामा काम गरिरहेको सुनिएको विज्ञप्तिमा लेखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बाराले प्राथमिक तहको स्थायी शिक्षक नियूक्ति तथा पदस्थापनका लागि १६ वटै पालिकामा बाडफाड गरेको विवरण सार्वजनिक भएको छ ।

चैत्र २९ गते मुस्लिमहरुको महान चाड ईद पर्वको अवसरमा नियूक्ति गरेको कार्य प्रति नेपाल शिक्षक संघ बाराको गम्भीर ध्यानाकर्षण भएको सहनी द्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

स्थायी शिक्षक पदस्थापन कार्यविधि अनुसार सबै पालिकाका शिक्षा प्रमुख तथा कियाशिल शैक्षिक संस्थाका प्रमुख वा प्रतिनिधिहरुको छलफल पश्चात दरवन्दी एकिन गरी गर्नु पर्नेमा नभएको जनाइएको छ ।

त्यस कार्यालयको सीमित व्यक्तिहरुको निरंकुश तानाशाही पाराले विवरण प्रकाशित गर्दा रिक्त दरवन्दीको कुनै पनि विवरण सार्वजनिक नगरी आफू खुशी स्थायी नियूक्ति बाडी पालिकाहरुमा शिक्षक पदस्थापन हुन नसक्ने अवस्था सृजना गरी स्थायी शिक्षकलाई पीडा दिएको छ विज्ञप्तिमा लेखिएको छ ।

२०८० चैत्र २९ गतेको विरणलाई विधालय मैत्री,विधार्थी मैत्री, शिक्षक मैत्री एवम् पालिका मैत्री बनाएर पुर्न विचार गरी स्थायी शिक्षक साथीहरुलाई यथाशिघ्र पदस्थापन गरी विद्यालयको काम काजमा खटने व्यवस्था गरिदिन सम्बन्धित निकाय संग संघले अपिल गरेको छ ।

सुशासन,कानुनको पालना भ्रस्टाचार मुक्त सेवा प्रवाहमा राजनीतिक दल,नागरिक समाज,शैक्षिक सरोकार वाला,पत्रकार एवम समस्त जिल्ला वासीहरुमा सहयोगका लागि विज्ञप्तिमा संघले अपिल गरेको छ ।

Leave a review

This will close in 0 seconds