बारा प्रहरीले हाडवेयर पसलमा चोरी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।
बैशाख ३० गते आइतबार राती जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ दरबार चोक स्थित एक हाडवेयर पसलमा झ्याल फुटाई चोरी गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
चोरी गर्दै गर्दा तत्काल हल्लाखल्ला हुँदा भागेको तत्पश्चात बारा प्रहरीले अनुसन्धानको क्रममा चोरी गर्न प्रयोग गर्ने औजार सहित ती युवकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मोतिहारी सिनिया गाँउ वडा नम्बर १ घर भई हाल बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी बर्ष २३ वर्षीय सावन पटेल रहेको प्रहरीले जनाएको छ ।
पटेललाई पक्राउ गरी चोरी उद्योग मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


