अपांगता भएका व्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य तालिम

साझेदारी दैनिक
407 पाठक संख्या

अपांगता भएका व्यक्तिहरुमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी जनचेतना जगाउँने उदेश्यले बाराको सिमरामा तालिम प्रदान गरिएको छ ।

अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी समुदाय परिचालक तथा साथी शिक्षकहरुको चारदिने तालिम बुधबार सिमरामा समापन भएको हो ।

उक्त तालिमा नेत्रहिन युवा संघ सुकेधारा काठमाडौँले बाराको सिमरामा आयोजना गरेको थियो । समुदायमा अपांगता भएका व्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित कुराहरुबारे जनचेतना जगाउन समुदाय परिचालकहरुलाई तालिम दिएको बताइएको छ ।

नेत्रहिन संघ बाराका अध्यक्ष सुधिर चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका नगरउपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कर्यक्रममा सिबिएम काठमाण्डौका कोअर्डिनेटर सम्झना शाह,प्रशिक्षक पुष्पां जोशी,नेत्रहिन सँंघका कृष्ण तिमल्सेना,वायनका प्रोजेक्ट कोअर्डिनेटर निलु महर्जन,वायन बाराका प्रोजेक्ट कोअर्डिनेटर ज्योति झा लगायतको उपस्थिति रहेको थियो ।

कर्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । तालिम अवधिभर प्रमोद साह र रेखा श्रेष्ठले दोभाषेको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रमका बारेमा सहभागीहरु श्रीराम यादव,निरुपा प्रधान,गोदावरी साह,खेमकुमारी लगायतले तालिम उपयुक्त भएको धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds