जीतपुरसिमरा नगर शिक्षा समितिको निर्णय त्रुटिपूर्ण रहेको आरोप

साझेदारी दैनिक
350 पाठक संख्या

शिक्षा क्षेत्रलाई नै धरासाही बनाउने गरि विभिन्न निणर्य गरिएको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा समितिले गरेको निर्णय प्रति नगरका शैक्षिक व्यक्तित्व एवम् सरोकारवालाहरुले प्रश्न उठाएका छन ।

नगरशिक्षा समितिले गरेको निणर्य त्रुटिपूर्ण रहेको डुमरवाना बहुमुखी कलेजका अध्यक्ष अनिल मैनालीले एक कार्यक्रममा बोल्दै आरोप लगाएका छन ।  

३८ बर्ष लामो समय शिक्षण पेशामा रहेका मैनालीले जेष्ठ ७ गते सोमबार  बसेको नगर शिक्षा समितिले नगर भरिका विद्यालयहरूलाई( मर्ज ) समायोजन र विद्यालय तह घटुवा गरेको प्रति चिन्ता र आक्रोश पोख्दै यस्तो भनेका हुन ।

उनले शैक्षिक सत्रको दोश्रो महिना बितेको अवस्थामा विद्यार्थीहरूकको नैसर्गिक अधिकारमाथी हनन् भएकाले यस्तो निर्णय तुरुन्त सच्याउदै विद्यार्थीको मौलिक हकलाई सुरक्षित गरिदिन अनुरोध गरे ।

नेपालको संविधानले नेपाली नागरिकको शिक्षा,स्वास्थ्यको ग्यारेन्टी गरेकोमा नगर शिक्षा समितिले अनेक बहाना र राजनीतिक प्रतिशोधका कारण विधार्थीहरूको भविष्य माथी खेलवाड गरेकाले सच्चाउन आग्रह गरे ।

निवर्तमान वडा अध्यक्ष केदारनाथ बजगाईले  बोल्ने क्रममा साबिक डुमरवाना गाउँ विकास समिति  वडा नं ७ हाल जीतपुर सिमरा उमनपा १६ स्वाभिमान बस्ति( कतर्वा) मा रहेको यस भेगकै पुरानो विद्यालयको ईतिहास नै नबुझी तह घटुवा गर्दा सबैको  मान मर्दन भएकाले यसलाई सच्याउन अनुरोध गरे ।

अहिलेको परिप्रेक्ष्यमा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय कतर्वामा दलित समुदाय र आदिवासी चौधरी समुदायका विद्यार्थीहरू अध्ययन गर्ने हुनाले निर्णय सच्चाउन आग्रह गरे । 

हाल सो विद्यालयमा कक्षा ८ मा १० जना विद्यार्थी अध्ययनरत छन ।यदि निर्णय नसच्चाए दलित र आदिबासीहरूको भविष्यमाथी नै खेलवाड हुने बताए । नगर शिक्षा समितिले गरेको निर्णय पुर्वाग्रही र राजनैतिक रिसिवी साध्ने काम हो कि भन्नेतर्फ पनि सोच्न बाध्य भएको बताए ।

छलफल कार्यक्रमको प्रमुख अतिथि १६ नंम्वरका बडा अध्यक्ष हरिदेव खरेलले विद्यालयको शैक्षिक गुणस्तर नै माथी उस्कन नसकेकाले मेयर साबको निर्देशनमा घटुवाको निर्णय गरेको जानकारी दिए । वडा अध्यक्षले जति बोले त्यतिनै समय मेयरले गर्दा यस्तो भएको र शिक्षा गुणस्तरीय नभएको मात्रै दोहोर्‍याए ।

छलफल कार्यक्रमको अध्यक्षता गरेका गंगाप्रसाद मैनाली लामोसमय शिक्षण पेशामा रहेर हालै मात्र रिटायर्ड हुनुभएका अनुभवि ब्यवस्थापन समितिका अध्यक्ष हुन ।

उनी विधालय ब्यवस्थापन समितिको अध्यक्ष भएदेखि केही सुधारका कामहरू भए पनि आफुले सोचे जस्तो नभएको दुखेसो पोखे । शुरू शुरूमा राम्रो  लयमा जाँदै गरेको विद्यालयमा विधार्थीको संख्या पनि बढाउन सफल भए ।

तर शिक्षक साथीहरूले असहयोग गरेकै कारण आजको दिन आउन होस्टेमा हैसे भएर वल मिलेको दुखेसो पोखे ।  जे जस्तो भए पनि म पनि शिक्षण पेशाबाट आएको हुँ,मैले पनि लामो समय प्रध्यानापक भएर काम गरे तर जहिले पनि जिम्मेवार भएर गरे तर अहिले त्यस्तो भएन ।

जो जो जे जे भए पनि आजको दिन ( विद्यालय घटुवा हुनुमा) वडा अध्यक्ष एवं नगर शिक्षा समितिका सदश्य हरिदेव खरेलले नै जिम्मेवारी लिनु पर्नेमा जोड दिए ।

आज विद्यालय घटुवा भएको छ अवको २–३ वर्षमा विद्यालयनै  समायोजन(मर्ज) हुन्छ अनि वोडिङ( संस्थागत) हरूमा विधार्थी लाने परिपञ्च रचिदै छ उहाले आक्रेश पुर्ण दुखेसो पोखे । सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई अनुमति दिने नीतिनै दोधारे रहेका कारण आजको परिस्थिति सृजना भएको हो ।

संस्थागत विद्यालयलाई विद्यार्थीको संख्या जति भएपनि हुने तर सामुदायिक विद्यालयलाई निश्चित संख्याहुने प्रावधानका कारण संस्थागत विद्यालय मौलाउदै र सामुदायिक विद्यालय सुक्दै गएको बताए ।

छलफल कार्यक्रममा विद्यालयका शिक्षक उदयराज मैनालीले सहजिकरण गरेका थिए भने शिक्षिका शशि खरेलले प्रतिबद्धता गरेका थिए ।

Leave a review

This will close in 0 seconds