एक जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
522 पाठक संख्या

बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले बहु बिवाह मुद्दामा बाराको गाउँ विकास समिति दझिण झिटकैया वडा नम्बर ५ बस्ने रामस्वार्थ यादवलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds