जसपा नेपालको प्रथम महाधिवेशन जनकपुरधामा सोमबारदेखी शुरु

साझेदारी दैनिक
441 पाठक संख्या

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालको एकताको प्रथम महाधिवेशन सोमबारदेखि जनकपुरधाममा शुरु भएको छ ।

महाधिवेशनको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन। सो अवसरमा बोल्दै अध्यक्ष यादवले अब सडक संघर्ष र सदनको संघर्षलाई संगसंगै अघि बढाउने बताएका छन ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादवले चुनौतीको सामना मजबुत आत्मबलबाट गरिरहेको भन्दै प्रशंसा गरेका छन ।

उनले विगतमा पनि केन्द्र र प्रदेश सरकारमा तथा समाजवादी मोर्चामा जसपासंगै रहेको स्मरण गर्दै अगामी दिनमा समाजवादी शक्तिहरु मिलेर अघि बढ्न सवैलाई आह्वान गर ा छन ।

यस्तै उद्घाटन समारोहमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले,राप्रपाका वरिष्ठ उपाध्यक्ष वुद्धिमान तामाङ,नेपाल कम्युनिष्ट पार्टी माओवादी महासचिव देव गुरुङ,एमाले पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ,लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल लगायत,विभिन्न देशका पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

महाधिवेशनमा मंगलबार बिहान ७ बजेदेखि जसपाको बन्दसत्र सुरु हुने छ । जसमा राजनीतिक दस्तावेज,प्रतिवेदनमाथि छलफल हुने छ । ३० गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने जसपाले जनाएको छ ।

निर्वाचन कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशन,जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

सोमबार दिउँसो २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने,जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सो उपर निर्णय गरिनेछ । जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुने निर्वाचन कमिटीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds