नूर आलम बादशाह/
पचरौता नगरपालिका अन्तर्गत बनौली क्रिकेट क्लबले आयोजना गरेको पचरौता मेयर कप टि–२० क्रिकेटको मंगलवार बेनौलीमा उद्घाटन भएको छ ।
मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको अध्यक्षता क्लबका अध्यक्ष अरनिको यादवले गरेका थिए भने प्रमुख अतिथि पचरौता नगरपालिका का नगर प्रमुख जलन्धर सिंह रहेका थिए ।
खेलकुदको समग्र विकास गर्न तत्पर रहेको नगर प्रमुख सिंहले कार्यक्रम मार्फत सम्बोधन गरेका थिए । यसैगरी मेयर सिंहले खेलाडी र खेलको हकहितका लागि जस्तोसुकै प्रयास र प्रतिकार गर्न आफू तयार रहेको बताए ।
मेयर कप टि–२० क्रिकेट प्रतियोगिता एक हफ्तासम्म चल्नेछ । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ। विजेता टिमको लागि रु ८० हजार नगद,ट्रफी र प्रमाणपत्र तथा उपविजेताका लागि रु ४० हजार नगद, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव,शिक्षा सहायक मुकेश कुमार सिंह,भैयाराम सहनी,रौशन यादव,बिनोद पटेल, आयोजक टीमका उमेश सिंह,भुलावन सहनी, सरोज यादव,राधेश्याम पंडित,कॉमन्टेटर बुधराम मुखिया लगायत खेलाड़ी तथा दर्शकहरुको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको संचालन शिक्षाकर्मी प्रमानन्द सिंहले गरेका थिए ।


