बकुलिया भवानीपुर गोल्ड कप प्रतियोगिताको फाईनल सर्लाही र आयोजकवीच हुने प्रतिस्पर्दा हुने

रञ्जन यादव
236 पाठक संख्या

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगितामा एभेरेष्ट फुटबल एकाडेमी सर्लाही प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा हर्दि युवा समाज चितवनलाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । हर्दि युवा समाज चितवनलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा एभेरेष्ट फुटबल एकाडेमी सर्लाही ले २–१ को जीत निकालेको थियो ।

सर्लाहीको जीतमा जर्सि नम्बर १६ का खेलाडी अनिल मगर र जर्सि नम्बर ४ का खेलाडी सुनिल खड्काले समान एक एक गोल गरे । प्रतियोगिताको पहिलो हापको १३औ मिनेटमा हर्दि युवा समाज चितवनले सुरूवाति गोल गरेको थियो ।

पहिलो हापमा एभेरेष्ट फुटबल एकाडेमी सर्लाहीले कुनै गोल फर्काउन नसके पनि खेलको दोस्रो हापमा २ गोल गर्दै खेललाई आफ्नो बनाएको थियो ।

खेलको दोस्रो हापको ५औँ मिनेटमा एभेरेष्ट फुटबल एकाडेमी सर्लाहीका अनिल मगरले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए ।

खेलमा आफ्नो टिमको लागि अन्तिम समयमा फ्रि किकलाई सदुपयोग गर्दै सुनिल खड्काले दोस्रो गोल गरे । निर्धारित समयमा चितवनले गोल फर्काउन नसके पछि खड्काको गोल एभेरेष्ट फुटबल एकाडेमी सर्लाहीको लागि निर्णायक बन्यो ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता अुलिन खड्का घोषित भए ।

मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको अन्तिम सेमिफाईनल खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरीले मेन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए ।

Leave a review