एक लाख २० हजार बराबरको अवैध समान बरामद

संदिप प्रसाद यादव
328 पाठक संख्या

बारा प्रहरीले एक लाख २० हजार बराबरको अवैध समान बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा शुक्रबार प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ४ बलिरामपुर स्थित भारतबाट नेपाल तर्फ अबैध रूपमा भन्सार छलीगरी मोटरसाइकलमा ल्याउदै गरेको अवैध समान बरामद गरेको हो ।

उक्त अवैध समान अन्दाजी मुल्य रू.१ लाख २० हजार रूपैया बराबरको जेसिबीको पार्टपुर्जाहरू रहेको बारा प्रहरीले जनाएको छ ।

उक्त बरामद सामानलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds