अमलेखगञ्जमा यात्रुहरुका लागि लायन्स प्रतीक्षालय बन्दै

रञ्जन यादव
268 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा लायन्स क्लबले यात्रुहरुका लागि लायन्स प्रतीक्षालयको शिलान्यास गरेको छ ।

लायन्स इन्टरनेशनलको नयाँ वर्ष सुरुवातको अवसर पारेर यात्रु प्रतीक्षालयको शिलान्यास गरिएको हो ।

प्रतीक्षालयको एक कार्यक्रमकाबीच मंगलवार लायन्स क्लबको डिष्ट्रिक्ट ३२५ एसका पूर्व गभर्नर देवकी नन्दन अग्रवालले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा अग्रवालले यात्रुहरुको सहजताका लागि लायन्स क्लबले प्रतीक्षालय निर्माण गर्न लागेको बताईन ।

कार्यक्रममा लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले नयाँ वर्षको सुरुवात प्रतीक्षालयबाट गरिएको बताएका छन । लायन्स क्लबको सहयोगमा निर्माण हुन लागेको प्रतीक्षालयले यात्रुलाई सहज हुनेमा आफूहरु आशावादी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

Leave a review

This will close in 0 seconds