दश लाख बीस हजार अवैध रकमका साथ हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

संदिप प्रसाद यादव
296 पाठक संख्या

बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जनालाई १० लाख २० हजारको अवैध रकमसहित पक्राउ गरेको छ ।

प्रहरीले श्रावण ०६ गते विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

टोलिले जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर १ घोडासहन नाका स्थितमा ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक बाराको फेटा गाँउपालिका वडा नंम्बर ६ पुरैनिया बस्ने अन्दाजी ४१ वर्षीय सैदुल्ला मियाँ ठकुराई र मोटरसाइकलको पछाडी सवार सोहि ठाउँमा बस्ने अन्दाजी २२ वर्षीय बागर अंसारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली १० लाख २० हजार रुपैयाँ बरामद गरेको छ ।

उक्त दुवै जनालाई पक्राउ गरी हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा,कलैयाबाट ७ सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds