केरा कृषक हिरा मगरद्वारा खेलकुद सामाग्री वितरण

साझेदारी दैनिक
283 पाठक संख्या

निजगढका केरा कृषक हिरा बहादुरथापा मगरले आप्mनो जन्मदिनको अवसर पारेर खेलकुद सामाग्री सहयोग गरेका छन् ।

नेपाल सरकारको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उद्यमी राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भएका कृषक थापा मगरले निजगढ फुटबल क्लबलाई मंगलबार खेलकुद सामाग्री प्रदान गरेका हुन् ।

कृषक थापा मगरले र निजगढ वडा नम्बर ९ स्थित रंगशालामा एक कार्यक्रमविच निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा मगरलाई ४० थान जर्सी र ४ वटा फुटबल हस्तान्तरण गरेका हुन् ।

निजगढ फुटबल क्लबले नियमित रुपमा संचालन गरिरहेको प्रशिक्षण र खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले क्लबलाई खेलकुद सामाग्री वितरण गरेको कृषक थापा मगरले बताए ।

वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुको लागि राष्ट्रिय पुरस्कार कार्यक्रम अन्तर्गत नेपाल सरकारको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गर्ने आर्थिक वर्ष २०८०/०८१ को उद्यमी राष्ट्रिय पुरस्कार द्वारा थापा मगर पुरस्कृत भएका हुन् ।

Leave a review