राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखको शपथ

रासस
252 पाठक संख्या

काठमाडौँ,१७ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा,लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री,मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा बुधबार विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds