१६ औँ साधारणसभाबाट कलैया सिटी जेसिजको अध्यक्षमा सन्दीप साह निर्विरोध निर्वाचित

संदिप प्रसाद यादव
403 पाठक संख्या

कलैया । कलैया सिटी जेसिजको १६ औँ वार्षिक साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा सन्दीप साह निर्विरोध निर्वाचित भएका छन्। बाराको कलैयास्थित जेसिज सचिवालयको सभाहलमा बिहीबार सम्पन्न साधारणसभाबाट साह अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै, कार्यकारिणी उपाध्यक्ष पदमा आदिल अन्सारी र आकाश कुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्ष पदमा राजेश पण्डित, डा. मुकेश कुमार यादव, सतेन्द्र गुप्ता र रामस्वरूप प्रसाद साह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत शम्भु गुप्ताले जानकारी दिएका छन् ।

२०२५ का अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू रामबालक राउत अहिर,राजेश कुशवाहा, गगासागर कुशवाहा,धनीलाल सरार्फ, विपिन चौधरी, सुभाष जयसवाल,कलैया उपमहानगरपालिका–२ का वडा अध्यक्ष राजेश मण्डल, आजीवन सदस्य दिपेन्द्र प्रसाद साह, बोर्डका पदाधिकारी तथा जेसिज सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a review